Navigation
समाज
विन्दवासिनीमा पशु उपचार र ब्यूटिपार्लर तालिम
add add
बिहीबार, चैत १२, २०७७ ज्योति न्यूज डेस्क

वीरगन्ज १२ चैत :वीरगञ्ज, १२ चैत ः ग्रामिण समाज विकास बहुउद्देशीय सहकारी संस्था लि. पर्साको आयोजना र विन्दवासिनी गाउँपालिकाको सहयोगमा पालिका स्तरिय पशु उपचार तथा शिविर शुरु भएको छ । गाउँपालिकाको वडा नं. ५ हाँसवाबाट आज एक कार्यक्रमका बीच शिविरको शुभारम्भ भएको छ । वडा नं. ५ का वडाअध्यक्ष सुकदेव राउत अहिर र गाउँपालिकाको सामाजिक शाखा प्रमुख नरेश चौहानले संयुक्त रुपमा शुभारम्भ गर्नु हुदै शिविरबाट गाउँपालिकाका गरिब, असहाय पशु कृषकहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । दुईदिन सम्म चल्ने पालिका स्तरिय शिविरबाट वडा नं. ५, वडा नं. ४ र वडा नं. ३ का करिब ५ सय जना पशु कृषकहरु लाभान्वित भएका थिए ।

Better Appliances

 

सो शिविरमा पशु चिकित्सक एवं प्राविधिकहरु कमलेश गुप्ता, विशाल पटेल, छत्रबहादुर साह कानु, रवि नारायण तिवारी, मुक्ति साह कानु, धिरज साह लगायतको टोलीले खसी ब्राखा, भैसी, गाई गोरुको स्वास्थ्य परिक्षण गर्नुका साथै परामर्शहरु समेत दिएका थिए । सो अवसरमा निःशुल्क रुपमा औषधिहरु समेत विरण गरिएको थियो । आयोजक संस्थाका प्रतिनिधि एस.एम.जहाँगस्तको अध्यक्षतामा भएको शिविरमा स्थानिय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । त्यसैगरी विन्दवासिनी गाउँपालिकाको सहयोगमा वडा नं. ५ को हाँस्वामा सञ्चालित व्युटी पार्लर सम्बन्धि ४५ दिने तालिमको अनुगमन समेत भएको छ । विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, सामाजिक शाखा प्रमुख नरेश चौहान, वडा अध्यक्ष सुकदेव राउत अहिर लगायतको समुहले अनुगमन गर्नु भएको छ । गत फागुन २ गते देखि सुरु भएको तालिमको प्रशिक्षक पार्वती शार्मा रहनु भएको आयोजक संस्थाले जनाएको छ । 

 

समाज
बकरीद पर्वको शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न।
64x64
मंगलबार, साउन ५, २०७८ ज्योति न्यूज डेस्क
समाज