जिराभवानी । लेडिज सर्कल वीरगंजको सहयोगमा जिरा भवानी णगाउँपालिका वार्ड नं १ मा रहेको नेपाल राष्ट्रिय मावि कठकुया बसन्तपुरका ४५ जना छात्राहरुलाई विद्यालय पोशाक ट्रेकसुट वितरण गरेको छ।विद्यालयमा अध्ययनरत अति विपन्न ४५ जना छात्राहरूले जाडोयाममा विद्यालय आउँदा विद्यालय पोशाक नभएकोले समस्या भइरहेको थियो।
विद्यालय पोशाक पाएपछि बालिकाहरूको पढाइमा निरन्तरता हुने र जाडो याममा पनि विद्यालय आउन सजिलो हुने विद्यालयका प्र अ कृपा सिन्धुप्रसाद। पटवारीले बताए पोशाक वितरण कार्यक्रममा लेडिज सर्कल वीरगंजका अध्यक्ष खुशबु अग्रवाल, निधि जाटिया नेहा अग्रवाल नन्दनी अग्रवाल अनामिका पुजारी राउन्ड टेबल ३ का आयुष गुप्ता सुषमा गौतम आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया सहजकर्ता किरण ओझा। लालमती कुमारी सुन्दरमा कुमारी लगायतको उपस्थिति रहेको थियो।