जिराभवानी । पर्साको जिराभवानी गाँउपालिका वार्ड नम्बर१ पकडीटोलमा आज निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण कार्यक्रम सम्पन्न भाएको छ ।
थारु सम्बद २६४८ माघी खिचडीको अवसरमा
जिराभवानी गाँउपालिका वार्ड नम्बर १को युवा समाजको पकडीटोलको आयोजना तथा निलकनठ हस्पिटल एन्ड रिसर्च सेन्टर बीरगंज र नेशनल हेल्थ केयर ओपल फर्मा केस्ट फार्मा हिमालय फार्मा एस्लोन फार्मा कलारडेक्स फार्मा टाईम्स फार्मा अल्कोम फार्मा लगाएत बीरगंजको औषधि सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा ५ सय ८५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण आखा चेकजाँच तथा औषधि बितरण गरिएको थियो ।युवा समाज पकडीटोलका अध्यक्ष गोबिन्द चौधरीका अगुवाइ तथा निलकनठ हस्पिटल एन्ड रिसर्च सेन्टरका एमडी कुनाल महतो थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।शिविरमा डा अच्युतानन्द लाल कर्ण डा अर्पना यादव .डा.पप्पु कुमार जैसवाल , डा.स्वेता चौधरी कर्ण, डा,राजिव यादव डा.अरबिन्द साह र डा.अशोक कुमार गुप्ता लगाएतले स्वास्थ्य परिक्षण गरेका थिए एसै गरि माघी खिचडी बिशेष कार्यक्रम अन्तर्ग्त आउदो सोमबार रक्तदान कार्यक्रम र मंगल बार खिचडी विशेष कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य प्रोग्राम हुने युवा समाजका अगुवा कार्यक्रता नन्दकिशोर दासले बताए ।
सो कार्यक्रममा जिराभवानी गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष रामशरण खवास थारु जिराभवानी गाउँपालिका वार्ड नम्बर दुईका वार्ड अध्यक्ष महादेव महतो थारु युवा समाज पकडी टोलका युवा प्रतिनिधि बुधिजिबी लगाएतको उल्लेखनीय सहभागिता रहेको थियो।