जिराभवानी / पर्सा । पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर १मा ५जना महिला सहित ६१ जनाले रक्तदान गरेका छन् । थारु सम्बत २६४९(खिचडी ) माघीको आयोजना र युवा समाज पकडीटोलको आयोजनामा उक्त रक्तदान कार्यक्रममा ६१जनाले रक्तदान गरेका रक्त संचार केन्द्र बिरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए जसमध्ये गांउकै स्थानीय५ जना महिलाहरुलेपनि रक्तदान गरेका हुन् ।
“रक्तदान नै जीवन दान हो” भन्ने कुरा सुन्दै आएका तर अवसर नपाएका जिराभवानी गाउँपालिका १का ५जना महिलाले आफ्नै गाउंमा आयोजना गरीएको रक्तदान कार्यक्रममा रक्तदान गर्न पाउंदा हर्षिह भएका थिए । दिन भरि घरको चुलो चौकोमा ब्यस्त हुने यहांका महिलाहरु आफ्नो स्थानिय ठांउमा यस्ता कृयाकलाप नभएपछि त्यसमा सहभागी हुन नपाएको तर अवसर पाउने बितिकै रक्तदान गरेको स्थानीय सुधा कुमारी चौधरीको भनाई छ ।
आयोजक युवा समाज पकडीटोलका अध्यक्ष चिरञ्जीवी खवास चौधरी (गोबिन्द )चौधरीको) अगुवाइमा सम्पन्न कार्यक्रममा जीराभवानी गाउँपालिका वार्ड नम्बर १का वार्ड अध्यक्ष रामशरण खवास थारुको प्रमुख आथित्वमा रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी खवासले रक्तदान कार्यक्रमले समाजलाई जोड्ने काम गर्ने बताउनुभएको थियो । क्लब तथा विभिन्न संघसस्थाले आफ्नो समाजीक उतरदायीत्व बहन गर्नपनि यस्ता काम गर्ने गरेको बताउदै जीवनको रक्षा हुने काम गरेको प्रती यस युवा समाजलाई धन्यवाद समेत दिनुभएको थियो ।
सो कार्यक्रममा जिराभवानी गाउँपालिकाका पुर्ब उपाध्यक्ष उषा देबि थरुनी जिराभवानी गाउँपालीका वार्ड नम्बर २का वडा महादेव महतो थारु वार्ड नम्बर ३का पुर्ब वाड अध्यक्ष उमेशकुमर सिह थारु वाड नम्बर १का पुर्ब गा बि स उपाध्यक्ष शुरेश खवास थारु समाज सेबि रामपृत महतो बरिस्ठ समाजसेबी कुनाल महतो थारु युवा समाज सेबि नन्दकिशोर दास सुमितसाएगल दास राजन दास विभिन्न स्कुल माध्यमिक विद्यालयका प्र.अ.स्थानीय बुधिजीबी स्थानीय पत्रकार लगायतको उपस्थिति रहेको थियो सथै भोलि हुने माघी खिचडी महोत्सवको सम्पूर्ण त्यरी पुरा भएको युवा समाज पकडीटोलका अध्यक्ष गोबिन्द चौधरीले जानकारी गराए भोलिको कार्यक्रममा स्थानीय कलकारहरुको बेजोड प्रस्तुति हुने आयोजक कमिटीले बताए