जिराभवानी । माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।यो पर्वका अवसरमा पर्साका थारु समुदायले पर्साको महानगर सहित ६ ठाउँमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेर माघी खिचडी मनाएका छन् ।

थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।पर्साको बिरगंज महानगर पर्सागढीको बडनिहार सखुवा प्रसौनिको श्रीपुरमा पटेर्वासुगौलीको फर्हदवामा र जिराभवानीको सेढ्वा खेल मैदान माघी खिचडी मनाए एसै बिच जिराभवानी गापा वार्ड नम्बर १मा दोस्रो पटक खुला रुपमा नृत्य प्रतियोगिता पनि गरेको थियो ।जसमा बिरगंज डान्स ग्रुप प्रथम कठ्कुईया माबी दोस्रो लाटोमाई एसपी ग्रुपले तेस्रो र बनशक्ती प्रा बी चौथोमा चितमा बुझाउनु परेको थियोे

पर्साको जिराभवानीको पकडीटोलमा छैठो पटक बृहत रुपमा माघी पर्व मनाईएको छ । माघी पर्वको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।जसमा जिराभवानी गापाका स्थानीय राजनीतिकर्मी, जनप्रतिनिधि र अगुवाहरुले शुभकामना दिएका थिए भने स्थानीय कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए जिराभवानी युवा समाज पकडीटोलको आयोजनामा सो कार्यक्रम भएको थियो कार्यक्रमको ।

जिराभवानी गाउँपालीका वार्ड नम्बर १का वार्ड अध्यक्ष रामशरण खवास थारुको प्रमुख आथित्वमा र युवा समाज पकडीटोल अध्यक्ष गोबिन्द चौधरीको सभापतित्वमा भएको कार्यक्रममा समाजसेबि बिकाउ प्रसाद भन्डारी अजैबिनाथ गौरो पुर्ब गाउँपालिका उपाध्यक्ष उषा देबि महादेव महतो नन्दकिशोर दास स्थानीय बुधिजिबी महिला लगायतको सहभागि थिए भने कार्यक्रममा स्वागत युवा समाज पकडीटोलका अगुवा कार्यकर्ता नन्दकिशोर दाशले गरेको थियो भने कार्यक्रम सञ्चालन रामपृत महतोले गरेका थिए ।
