

पर्सा । पर्साको ठोरीमा छात्रावृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ गाउँ कार्यसमिति, ठोरी गापाले एक समारोहका बीच छात्रवृत्ति वितरण गरिएको हो । नेपाल तामाङ घेदुङ गाउँ कार्यसमिति ठोरी गापाका अध्यक्ष जीतु तामाङको अध्यक्षता तथा ठोरी-४ का पुर्व वडा अध्यक्ष बई बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ठोरी गापा भित्र रहेका आवि र माविमा अध्ययनरत तामाङ समुदायका गरिब तथा जेहेन्दार ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।ठोरी-५, सुवर्णपुर मकरडाडा जन्मिएर काठमाडौलाई कर्मथलो बनाएका युवा सफल व्यवसायी बाबुलाल योन्जन ज्युले यस छात्रवृत्तिका लागि स्कुल ब्याग सहयोग गर्नुभएको हो । त्यस्तै गोकर्णेश्वर आरुबारी स्थित कदम्पा बौद्ध प्रतिष्ठानले कापी र ठोरी-४, बिजयबस्ती निवासी हाल आरएमसी कम्पनीका जिएम कृष्ण श्रेष्ठ ज्युले ३५० वटा कलम सहयोग गर्नुभएको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयले सिफारिस गरेका विद्यार्थीहरु मध्ये ८ जना विद्यार्थीहरु अनुपस्थित रहेको थियो । छुट्नु भएको विद्यार्थीहरुले नेपाल तामाङ घेदुङ ठोरीका अध्यक्ष जीतु तामाङले बताए ।