

जिराभवानी । पर्साको ठोरीमा ३० औं जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) ठोरी गाउँ कमिटीले दुई कोठे भवन हस्तान्तरण गरेको छ । ठोरी-४, सुन्दरटोल निवासी मान बहादुर बिक लाई आज एक कार्यक्रमका बिच ठोरी गापाका पुर्व अध्यक्ष पिएल श्रेष्ठको प्रमुख आतिथ्यमा हस्तान्तरण गरेको हो ।
ठोरी गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरुले आर्थिक संकलन गरि दुई कोठे भवन निर्माण गरिएको थियो । आज ३० औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान, विविध कार्यक्रम सहित भवन हस्तान्तरण कार्यक्रम र विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा दुई जनाले प्रवेश गरेको पार्टी सचीव बुद्ध ललुङ्बा (असिम) ज्युले जानकारी दिनुभयो ।
नवप्रवेशी क. कुमार लोप्चन र क. सबिना बिकलाई खादा र अविरले स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि ठोरी गापाका पुर्व अध्यक्ष पिएल श्रेष्ठले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न नसकेको स्वीकार गरेका छन् । ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै श्रेष्ठले जनयुद्धका उपलब्धिहरूको बारेमा संक्षिप्त्त बर्णन गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र) ठोरी गाउँ कमिटीका अध्यक्ष क.सुर्य लामाको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रम स्वागत मन्तव्य पार्टी सचीव क. बुद्ध लामा( असिम) ले राख्नु भएको थियो । त्यस्तै पार्टी उपाध्यक्ष क. राम बिष्ट, क. गम बहादुर कुवर, क. बुद्ध लाल पाख्रीन, क. बइ बहादुर तामाङ, क. पुष्कर भुजेल, क. धन बहादुर थिङ, क. राम श्रेष्ठ, क. देबराज ठकुरी, क. हरि सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने उक्त कार्यक्रमलाई ठोरी-४ का वडा कमिटी अध्यक्ष क.सागर लामाले सहजीकरण गर्नुभएको थियो।