काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रदर्शन सुरू गरेका छन् ।
पूर्वराजाको स्वागतमा विमानस्थलमा पुगेका समर्थकहरूले प्रदर्शन थालेका हुन् ।
उनीहरूले राजतन्त्र पुर्नस्थापनाको माग गरिरहेका छन् । पूर्वराजा शाह दिउँसो ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् ।