जिराभवानी । जनतासङ्ग माओवादी हुलाकी सडक केन्द्रित जाग्रण अभियान अन्तर्गत आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पर्साको ठोरी-४ आठघरमा भव्य स्वागतको तयारी भएको छ। आज चैत ८ गते दिउँसो २ः३० बजे अध्यक्ष प्रचण्ड ठोरी गाउँपालिका तर्फ प्रस्थान गर्ने बताएका छन ।
अध्यक्ष प्रचण्ड सहितको टोली ठोरी-५, सुवर्णपुरमा रहेको सहिद स्मारकमा पुग्ने र ठोरी-४, आठघरस्थित कृषि हाट बजार परिसरमा जनसभा हुने भएकोले सम्पुर्ण ठोरीबासीको गरिमामय उपस्थितिको लागि नेकपा माओवादी केन्द्र ठोरीले अनुरोध गरेको जानकारी गराउनुको साथै ठोरी गापाका पुर्ब गापा अध्यक्ष पि एल श्रेष्ठको तर्फबाट पनि उहाँ र सम्पुर्ण टिमलाई ठोरीमा हार्दिक स्वागत छ।