जिराभवानी । पर्साको ग्रामीण क्षेत्रबाट सेटिङ्ग गरेर राँगा,भैँसीको तस्करी भईरहेको छ ।नेपाल प्रहरी र सस्त्र प्रहरीको मिलोमतोमा खुलेयाम भारतबाट नेपालमा राँगा,भैँसी तस्करी भईरहेको छ ।तस्करहरुले भारतको विभिन्न ठाउबाट भैसी राँगा किनेर प्रहरी सँग समन्वय गरि बेलुका बोर्डर कटाउने गर्छन ।
पर्साको आस्वारी , पिडारी गुठि पान्डेपुर दसावता जानकीटोला महादेवपट्टीको गाउँमा ल्याएर राख्छन र राति १० बजे पछि त्यहा बाट जगरनाथपुर को पशुहाट बजार तर्फ पठाउने काम गर्ने गरेको पाईएको छ ।प्रहरी निकायहरूले आ आफ्नो क्षेत्रमा कडा निगरानी बढाएको दाबी गर्दै आएपनी पर्सा जिल्लाको सीमा नाकामा पर्ने जानकीटोला आस्वारी पिडारी गुठी पान्डेपुर दसावता महादेवपपट्टीको नाकाबाट तस्करी कार्य सुचारू रहेको देखिन्छ ।
पर्सा जिल्लाको जानकीटोला आस्वारी पिडारी गुठी पान्डेपुरको नाका हुँदै दिनहु ५० देखि १०० गोटा राँगा अबैध तरिकाले नेपाल भित्रयाइ जगरनाथपुर बजारसम्म पुग्ने गरेको देखिएको छ।नेपाल प्रहरी र सस्त्र प्रहरीकै केही कर्मचारीले पैसा पाए बापत स्कटिङ्ग समेत गर्ने गरेको रहस्य खुलेको छ ।
सीमा नाकादेखी जगरनाथपुरको बजारसम्म प्रहरीकै निगरानी र स्कटिङ्गमा भैसी राँगालाइ पुर्याइने गरेको श्रोतको दाबी रहेको छ।पान्डेपुरका चौकीका ईन्चार्ज आस्वारी चौकीका इन्चार्ज जानकीटोला इप्रका (ख) का इन्चार्ज पिडारी गुठीका इन्चार्ज र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारी का इन्चार्जहरुको मिलोमतोमा ।
भैसी र राँगा बोर्डर कटाउन दिए वापत चौकी इन्चार्ज र सशस्त्र प्रहरीलाई प्रती भैसी १ हजार र प्रती राँगा ४५० दिएर कटाई रहेका नाम न छापने सर्तमा एक ब्यापारी स्रोतले जान्कारी दिए।आस्वारी जानकीटोला र पिडारी गुठी र पान्डेपुर नाकाबाट भैंसी राँगाको लाईन पाउनेमा सगिर, बहिरा, महादेव यादव र ओसिम अन्सारी व्यापारीहरु रहेका छन ।
जानकीटोला नाकाबाट ब्रोइलर कुखुराको पनि तस्करी चलिरहेको छ । जानकीटोला नाका बाट शेषनाथ र सेठजी नामको तस्कर कुखुराको लाईन चलाई रहेको छ ।एस विषय जिल्ला प्रहरी कार्यालय पर्सा सम्म फोन मार्फत जानकारी गराइसके पनि कुखुरा तस्करी रूक्न नसकेको स्थानीयहरु बताएका छन ।
भारतीय खुकुरा अवैध रुपमा तस्करी गरि ग्रामिणका बजार चौकहरुमा बिगबिगी बढेका कारण नेपाली खुकुरा व्यवसाई मारमा परेको बताउँछन कुखुरा तस्करी गरेर ल्याउँदै गरेका एक जना व्यापारी सँग तस्करीको विषयमा बुझ्दा त्यो व्यापारीका अनुसार मेरो साहु शेषनाथले ईप्रका ख जानकीटोलाका ईन्चार्ज लाई मोटो रकम नजराना बुझाएकोले प्रहरीले कुनै रोकटोक् नगरेको प्रस्ट परेका थिए ।
त्यस्तै जानकीटोला नाकाबाट किराना आईटम, कपडा, हड्वेयर, मोटर पार्ट्स, मल, लगायत बिभिन किसिमको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन । स्रोतका अनुसार प्रदेशबाट पर्साको लागि असईको कमाण्डमा एक जना हवल्दार र एक जना जवान सिपाही गरि ३ जना पर्सामा खटेका छन भने जिल्लाबाट क्राईम टोली पनि खटाएको छ । बोडरको एरियामा सिमा चौकीहरु पनि छन तर पनि सबै निकाय खटेपनि तस्करी नरुक्नुले प्रहरी माथि प्रशन उठेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जति कडा निगरानी बढाउन चोरी तस्करी नियन्त्रण गर्ने निर्देशन दिए पनि उनकै मातहतमा रहेका केही इन्चार्जहरुले दुई पैसाको लोभमा परि आदेश मिच्दै अटेरी गर्दै तस्करी गराईरहेका छन ।
तर प्रहरी उपरीक्षक मिश्रले भने आफुलाइ तस्करी को बिसयमा जानकारी नभएको भन्दै आफुले तत्कालै त्यस क्षेत्र का इन्चार्ज हरुलाई तस्करी रोक्न कडा निर्देशन दिने र आफू पनि त्यस क्षेत्रमा अनुगमन गर्न जाने र त्यसो भेटिए चौकी इन्चार्ज लाई कडा कार्वाही गरिने बताउनु भयो ।