जिराभवानी । ठोरी गाउँपालिका वडा नं. ३ स्थित ब्रम्हपुरी विद्यालय अगाडिको गाई खोलामा बक्स पुलको आज शिलान्यास गरिएको छ । ६ मिटर चौडा, ११ मिटर लम्बाईको पुल ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आज शिलान्यास गर्नुभएको हो ।
मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा अध्यक्ष श्रेष्ठ सहित ठोरी ३ का वडाध्यक्ष शम्भु खड्का, पुर्व जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर न्यौपाने, साबिक निर्मलबस्ती गाबिसका पुर्व उपाध्यक्ष गोबिन्द प्रताप श्रेष्ठ लगायत ठोरी ३ का स्थानीयबासीको उपस्थिति रहेको थियो ।