जिराभवानी । सरकारले समयमा मलको पर्याप्त व्यवस्था नगर्दा धान उत्पादनमा ह्रास आउने किसानको गुनासो धानको बिउ छर्ने बेला पर्सामा रासायनिक मल र बिउबिजनको अभाव भएको छ । मल र बिउबिजनको अभाव हुन थालेपछि किसान भारतीय सीमावर्ती बजार पुग्न थालेका छन् । हरेक दिन बिहानै सीमावर्ती बजार मौनाटाड सिकटा ईनार्वा भङ्गहा लगायतका नाकाबाट किसानहरूले मल र बीउ भित्र्याउने गरेका छन् ।
किसानको समस्यालाई हेरेर प्रशासनले एकजनालाई एक बोरा मल ल्याउन छुट दिएको छ ।


भारतबाट मल ल्याउँदा सास्ती खेप्नुपरेको किसानको गुनासो छ ।जिराभवानी गापा ५का पुर्णवासी खवास थारुले सहकारी संस्थाले एक बोरा मल दिए पनि कनिका छरे जस्तो भएकाले अर्पाप्त भएको बताए । 'चुनावका समय नेताहरुले मलको अभाव हुन नदिने वाचा गर्छन्,’ उनले भने, ‘चुनाव जितेपछि फर्केर हेर्दैनन् ।'जिराभवानी गापा १ का राजेन्द्र महतो थारुको अवस्था उस्तै छ । सरकारले समयमा मल र बिउबिजनको पर्याप्त व्यवस्था नगर्दा धान उत्पादनमा ह्रास आउने उनले बताए ।
पर्सामा लगभग ८०हजार ३ सय हेक्टरमा धान खेती हुने गर्छ । कृषि सामग्री कम्पनीले पर्सामा आएको ७ हजार ५ सय मेट्रिक टन युरिया वितरण भइरहेको जनाएको छ । डीएपी ३ हजार ७सय मेट्रिक मल आएकामा त्यो पनि अपर्याप्त छैन पर्सामा बीउ बिजन छर्ने बेलामा मलको अभाव हुँदै आएको छ । यस वर्ष पनि धान खेतीका लागि किसानले मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी पर्साका अनुसार भारतबाट किसानले करिब ४० प्रतिशत मल भित्र्याउने गरेका छन् ।