काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा ढिलाइ भएको भन्दै जेनजी नेता रवि किरण हमालले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
आफ्ना मामाका छोरा इन्जिनियर महेन्द्र विक्रम शाहीसहित सयौँ नागरिक फसेको एक साता बितिसक्दा पनि उद्धार प्रभावकारी नभएको भन्दै उनले विदेशी सहयोग, उच्च प्रविधि र अनुभवी प्राविधिक टोली तत्काल परिचालन गर्न माग गरेका छन्।
प्रधानमन्त्री राहत कोषमा रहेको रकम र जनताले तिरेको कर नागरिकको जीवन रक्षाका लागि खर्च हुनुपर्नेमा हेलिकप्टर उडाएर स्टन्ट मात्र गरिएको आरोप लगाउँदै हमालले नागरिकको जीवनसँग खेलबाड गरिए कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन्।