पर्सा । पर्साको पटेर्वा सुगौली गाउपालिका वडा न.२ मा वर्षौ देखि हातले दुना टपरी बनाई बेचेर आमदनी गरीरहेको महिलाहरुको समूहलाई पटेर्वा सुगौली गाउपालिका अध्यक्ष दिनेश चौधरीको पहलमा गाउपालिकाबाट दूना टपरी बनाउने मेसिन सहयोग गरिएको छ ।
महिलाहरुको आमदनी वृद्धि गर्ने सोच र महिलाहरुको जीवन स्तर बिकास गर्ने उदेशले पबित्र दुना टपरी बनाउने समूहलाई मेसिन सहयोग गरिएको पटेर्वा सुगौली गाउपालिकाकी उपाध्यक्ष ममता महतो बताउनु भयो ।
गाउपालिकाबाट मेसिन दिए पछि उनिहरुको आमदनी दोबरले वृद्धि हुने बिश्वास व्यक्त गरेका हुन दुई रुपयामा बिक्री भैरहेको दुना टपरी अब चार रुपयामा बिक्री हुने र दिन भरिमा सय दुना टपरी बनाउने महिलाले अब मेसिनको प्रयोगले दुई सय जति दुना टपरी बनाउने पटेर्वासुगौली गाउपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष बिजय गैरेले बताए ।
गाऊपलिकाका अध्यक्ष दिनेश चौधरीले एक कार्यक्रमको बिच दुना टपरी कृषि समूहलाई उक्त मेसिन हस्तान्तरण गरेका थिए ।