पर्सा । कार्यसम्पादन मूल्याङ्कनमा पर्साको स्थानीय तहहरू मध्ये ठोरी गाउँपालिका उत्कृष्ट भएको छ । जिल्लाका पालिकाहरू मध्ये सबै भन्दा बढी ६४.१४ अङ्क प्राप्त गरी प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक बापत प्राप्त गरेको अङ्कको प्रकाशित नतिजा जिल्लामा सबै भन्दा कम अङ्क कालिकामाई गाउँपालिका प्राप्त गरेको छ ।
कार्य सम्पादन नतिजामा कालिकामाईले जिल्लामै सब भन्दा कम ३२.५४ अङ्क प्राप्त गरेको छ ।यसै गरी जिराभवानी गाउँपालिका ३७.०४, जगरनाथपुर गाउँपालिका ५०.०५, पटेर्वा सुगौली ४८.५८, सखुवा प्रसौनी गाउँपालिका ४२.७०, पर्सागढी नगरपालिका ४७.९८, वीरगञ्ज महानगरपालिका ५७.४९, बहुदरमाई नगरपालिका ४५.२६, पोखरिया नगरपालिका ४७.४६, धोबिनी गाउँपालिका ४२.८२, छिपहरमाई गाउँपालिका ५३.४४, पकहाँमैनपुर गाउँपालिका ४२.१८, विन्दवासिनी गाउँपालिका ४४.९१ अङ्क प्राप्त गरेको छ ।
कार्यसम्पादन नतिजा अनुसार जिल्लामा वीरगञ्ज महानगरपालिका दोस्रो र छिपहरमाई गाउँपालिका तेस्रो स्थान हासिल गरेको छ ।