जिराभवानी ।ठोरीमा निर्माणीधिन अधिकांशं भौतीक संरचना अधिकाशं अलपत्र छन् । ठोरीका लागी बिकाशका योजना अलपत्र हुनु र लथालिगं हुनु नौलो बिषय पनी होईन । यस्तै अलपत्रताको एउटा गतीलो उदारण हो ठोरीमा निर्माणाधिन आईटी कलेज जुन कलेज जगमै अलपत्र बनेको छ ।
संचार र प्रबिधीको अध्यापनको निमीत्त सुबिधा संम्पन आधुनीक संरचना निर्माण हुनका लागी बजेट छुट्टीएको आईटी कलेज जग निर्माण नहुदै अलपत्र परेको छ । ठोरी ३ मा निर्माणाधिन आईटी कलेज निर्माण कंम्पनीले काम गर्न नसकेपछी पैसा संघिय सरकारमा फिर्ता गएको हो ।
संघिय सरकारको बिशेष अनुदानमा आएको २ करोड ४९ लाखको बजेट ठेकदार पक्षले काम गर्न नसकेपछी फिर्ता गएको हो । ई टेन्डर अन्तर्गत २०७८ माघमा बनश्क्ती ताज जेबी कन्ट्रशन संग २०७९ असार सम्म सक्ने गरी संझौता गरीएकोमा ठेकदार पक्षले काम गर्न नसकेपछी बजेट फिर्ता गएको हो । गाँउपालीकामा आई सकेको बजेट फिर्ता गएपछी आईटी कलेज निर्माण बन्ने नबन्ने अनीश्चित भएको छ ।