वीरगंज / नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं केन्द्रीय महाधिवेशन आगामी २०८२ वैशाख २० र २१ गते नेपालगन्जमा हुने भएको छ। यहि फागुन १० गते शनिवार मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा र पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा काठमाण्डौमा सम्पन्न बैठकले आगामी वैशाख २० र २१ गते महाधिवेसन नेपालगंजमा गर्ने निर्णय गरेको हो । महाधिवेसन सम्पन्न गर्नका लागि १३ वटा विभिन्न उपसमिति गठन गरिएको इञ्चार्ज मोहमद हारुनले बताउनुभयो ।