च्याट जीपीटी तथा गुगल जेमिनाइजस्ता एआई टूलहरू आम मानिसको दैनिकीको हिस्सा बनिसकेका छन् ।
विस्तारै इन्टरनेट प्रयोगकर्ताहरूले अनलाइनमा कुनैपनि जिज्ञासा मेटाउनका लागि गुगल सर्चको साटो एआई च्याटबोटको प्रयोग गर्न थालेका छन् । हामीले गुगललाई कहिल्यै नसोधेका प्रश्नहरू समेत एआईसँग सोधिरहेका हुन्छौँ ।
एआईसँग प्रश्न सोध्नुको अर्थ हामीले त्यस्ता एआई टूललाई आफ्ना व्यक्तिगत विवरणहरू समेत दिइरहेका हुन्छौँ ।
आखिर च्याट जीपीटी तथा जेमिनाईजस्ता टूल्ससँग हाम्रा व्यक्तिगत डेटा कति सुरक्षित रहलान् भन्ने कुरा बहसकै विषय हो ।
त्यसैले हामीले एआई टूलहरू प्रयोग गर्दा आफ्ना व्यक्तिगत विवरणहरू भविष्यमा अरूले प्राप्त गर्न नसकुन् भन्नका लागि केही सावधानी अपनाउनै पर्दछ ।
त्यसका लागि सबैभन्दा पहिलो काम हो एआई च्याटबोटमा हामीले गरेको च्याट हिस्ट्री तथा डेटा डिलिट गर्ने ।
कुनैपनि एआई टूलसँग च्याट गर्दा त्यसबाट एउटा विस्तृत फेहरिस्त अर्थात् लग तयार हुन्छ । त्यो च्याट विन्डोको बायाँ भागमा हुन्छ । च्याट जीपीटी, जेमिनाइ तथा ग्रोक जस्ता च्याटबोटमा लगइन गरेपछि होमपेज खुल्दछ र बायाँ भागमा एउटा प्यानल खुल्छ । त्यहाँ तपाईंको संवादको सबै विवरण हुन्छ ।
त्यस्तो च्याट हिस्ट्री डिलिट गर्नका लागि तपाईंले तीनवटा थोप्लावाला आइकन छान्नुपर्छ । तत् पश्चात् त्यसलाई रिनेम वा डिलिट गर्ने अप्सन देख्नुहुन्छ र त्यहीँबाट तपाईंले च्याट हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ, त्यसका लागि :
· स्मार्टफोनमा च्याट जीपीटी खोल्नुहोस् र त्यसको मेन्यू आइकनमा ट्याप गर्नुहोस् ।
· त्यहाँ सबैभन्दा तल तपाईंको प्रोफाइल आइकन देखिनेछ, अर्थात् तपाईंको नाम । सोही ठाउँमा ट्याप गर्नुहोस् ।
· त्यसपछि एउटा लिस्ट खुल्नेछ, जहाँ डेटा कन्ट्रोल देखिनेछ । सोही मेन्यूमा गएर तपाईंले क्लियर च्याट हिस्टोरी छानेर आफूले च्याट जीपीटीमा गरेका सबै पूराना च्याट एकैपटकमा डिलिट गर्न सक्नुहुनेछ ।
च्याट जीपीटीका सबै च्याट एकैपटक कसरी डाउनलोड गर्ने ?
च्याट जीले प्रयोगकर्तालाई आफ्ना सबै च्याटलाई एकैपटकमा डाउनलोड गरेर सार्ने अर्थात् एक्सपोर्ट गर्ने सुविधा पनि दिएको छ ।
तपाइँले डेटा कन्ट्रोल मेन्यूमै अन्य अप्सनपनि देख्नुहुन्छ, जसमध्ये एउटा एक्सपोर्ट डेटा अप्सन पनि रहेको छ । सो अप्सनमा ट्याप गर्ने बित्तिकै तपाईंको पूरै च्याट जीपीटी हिस्ट्रीलाई आफ्नो इमेल ठेगानामा जानेछ ।
यसै प्रकारले च्याट जीपीटीको वेबसाइटमा लगइन गरेर पनि तपाईंले आफ्नो च्याट हिस्ट्री डिलिट गर्न सक्नुहुनछ ।
त्यसका लागि लगइन पश्चात् सेटिङ्ग्समा मा गएर डेटा कन्ट्रोल्स सर्च गर्नुहोस् । त्यहाँ तपाईंले डिलिट अल च्याट्स अप्सन छानेर च्याट जीपीटीबाट आफ्ना सबै च्याट हिस्ट्री डिलिट गर्न सक्नुहुनेछ । एजेन्सी