जिराभवानी । पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ निचुटा टोलस्थित गौरीशंकर मन्दिर नजिकको आपको बगैँचाबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली प्रहरीका अनुसार कार्तिक १७ गते साँझ करिब ४:३० बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाबाट महादेवपुरतर्फ जाँदै गरेका पैदल यात्रीलाई शंका लागी रोकि चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो ।प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति पटेर्वासुगौली गाउँपालिका–५ निचुटा टोलका भिखारी मालीका छोरा अन्दाजी वर्ष २० को धिरज माली रहेको उनलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट चार पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषध सहित धिरज मालीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली का प्रहरी निरीक्षक प्रकाश थापाले बताए।