जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–२ काठमान्डौटोलका जंगाली मिर्दाहाले एक अतिबिपन्न परिवारलाई न्यानो लुगा, खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेका छन्।
उनले जगरनाथपुर गाउँपालिका–३ बड्गोटोलका ग्यास मियाँको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मियाँकी श्रीमती रबिना खातुनलाई एक बोरा चामल, आलु, खानेतेल, नुन, दाल, सोयाबीन, साबुन, सर्फ, कापी, पेन, ब्ल्याङ्केट, स्वटर लगायतका सामग्री प्रदान गरिएको छ।
गाउँकै प्राथमिक विद्यालयमा अध्ययनरत तीन जना बालबालिकाका लागि न्यानो लुगाको आवश्यकताबारे विद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गरेका थिए। उक्त अपिल हेरेपछि हाल साउदी अरबमा रोजगारीरत मिर्दाहाका छोरा विकाश चौधरीले उक्त सहयोग गरेका हुन्।
विकाश चौधरी यसअघि पनि उपचारमा सहयोग तथा अतिबिपन्न परिवारलाई सामग्री वितरण गर्दै आएका स्थानीयहरूले बताएका छ्न