जिराभवानी । पर्साको जिराभवानी गाँउपालिका वडा नं ५ हरैयाका नागरिकहरुले राष्ट्रिय वनबाट अबैद्ध कटानी गरी तस्करी हुदै गरेको ठूलो परिमाणको काठ नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएका छन। बिहिवार राती करिब ७:०० बजे तस्करीको काठ सहित एक वटा ट्याक्टर नियन्त्रणमा लिई प्रहरी चौकी हरैयामा बुझाइएका छन। प्र २-०३-००१ त ३८०० नम्बरको ट्याक्टरमा लोपन्मुख जातको सतिसाल र सिसौको काठसहित जिराभवानी गाउँपालिका वडा नं ३ सहजानपुरबाट नियन्त्रणमा लिएको थियो। सो काठ र ट्याक्टर कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बुझाइएको प्रहरीले जनाएका छन।
स्थानीयका अनुसार गादीमाई साझेदारी वन समूहका अध्यक्ष सहरुम राउत गद्दीको मिलो मतोमा बिगत लामो समयदेखि राष्ट्रिय वनबाट अबैद्ध काठ तस्करी भएको आरोप लगाएका छन। बिहिवार राति पक्राउ परेको काठ र ट्याक्टर छुटाउन समूहका अध्यक्ष गद्दीले प्रहरी चौकी हरैया पुगेको स्थानिय ले बताए। आम नागरिकले जंगलबाट दाउरा समेत ल्याउन नपाएको तर समूहको अध्यक्ष गद्दी काठ तस्करी गर्न सहयोग गर्दै आएको स्थानीयको आरोप छ।
यस सम्बन्धमा डिभिजन वन कार्यालय पर्साको प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले प्रहरीले काठ र ट्याक्टर वन कार्यालयमा बुझाए पछि कानून बमोजिम कारबाही गर्ने बताए।