वीरगञ्ज । भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रक्सौल-बीरगन्ज मितेरीपुलमा अटोरिक्शामा राखिएको भारतिय झण्डा सशस्त्र प्रहरीले खोसेपछि विवाद उत्पन भएको छ । शुक्रबार साझ अटो रिक्शाबाट झण्डा हटाउने क्रममा सशस्त्र प्रहरी र भारतीय नागरिक अमित उपाध्याय बीच विवाद भएको थियो । झण्डालाई सशस्त्र प्रहरीको जवानले खोसेपछि पैदल भारतिय यात्री अमितले प्रतिवाद गर्दा सशस्त्र प्रहरीले उनिमाथी पनि हातपात गरेको छ । आफुलाई सशस्त्र प्रहरीले भंसार पोष्टमा ल्याई अभद्र गाली गलौज दिनुको साथै बल प्रयोग गर्दै कुटपिट गरेकाे बताए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरीको भंसार पोष्टमा पुगेका संचारकर्मीहरूलाई अमितले सशस्त्रले दिएको यातनाबारे जानकारी गराए । उनको बायाँ हात तथा टाउको चोट लागेको नारायणी अस्पतालको मेडिकल रिपोर्टमा देखिन्छ ।
प्रत्यक्षदर्शीका अनुसार भारतीय सवारीसाधनमा लगाइएको झन्डा सशस्त्र प्रहरीले हटाउन खोजेपछि पैदल बीरगन्ज तर्फ आईरहेका भारितय युवक अमितले
झन्डा नतोडिदिन आग्रह गर्दा सशस्त्र प्रहरीका केही जवानले अपशब्द प्रयोग गर्दै उनिमाथी जाईलागेको दुष्य कैद भएका छन ।
घटनाको दृश्यले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको व्यवहार, संयमता र मानवअधिकारप्रतिको संवेदनशीलतामाथि समेत प्रश्न उठाएको छ।
विशेषगरी नेपाल–भारतबीचको ऐतिहासिक, सामाजिक तथा पारिवारिक सम्बन्ध रहेको सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीबाटै अत्यधिक बल प्रयोग हुनु गम्भीर विषय हो । सामान्य विवादलाई संवाद र संयमताबाट समाधान गर्न सकिने अवस्थामा कुटपिटसम्म पुग्नुले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा समेत नकारात्मक सन्देश जाने चिन्ता बढाएको छ।
घटनाबारे जानकारी पाए लगत्तै पर्साका केही पत्रकारहरु घटना स्थल पुगेका थिए । घटनास्थल पुगेका सञ्चारकर्मीहरुले सिमा र सशस्त्र पोष्टको सिसिटिभी भिडियो बाटको दोषी छ ?, प्रष्ट गर्न भनेपछि सशस्त्र प्रहरी बल भन्सारका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले आफूले घटनाको छानबिन गरी दोषी देखिए कारबाही गर्ने बताएका छन्।
अब प्रश्न उठेको छ—सीमामा सुरक्षाको जिम्मेवारी पाएका सुरक्षाकर्मीले कानुन र मर्यादाको सीमा नाघेर बिदेशी पाहुनामाथि बल प्रयोग गरेका हुन् वा होइनन्? यदि कुटपिट भएको पुष्टि भए संलग्न सुरक्षाकर्मीमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही हुने कि घटनालाई सामान्य विवाद भन्दै टारिने भन्ने विषयमा सर्वसाधारणको चासो बढेको छ।
सीमा क्षेत्रमा हुने यस्ता घटनाले सुरक्षा निकायप्रतिको जनविश्वास मात्र होइन, नेपाल–भारतबीचको सदियौँ पुरानो सम्बन्धमा समेतमा नाकारात्मक असर पार्न सक्ने भएकाले घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ। यसबारे पिडित भारितय युवकले नेपाल प्रहरी,भारितय दुतावास,तथा अन्य सरोकारवाला निकायमा उजुरी गर्ने जनाएका छन । हालकोलाई उनले ईमेल मार्फत मेडिकल रिपोर्ट सहित केही तस्बिर र दृष्य तथा उजुरी सम्बन्धित निकायलाई पठाएका छन ।