बारा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र नेसनल भोलिन्टियर फोर्सको संयुक्त पहलमा रसुवा बाढीपीडितका लागि संकलित राहत सामग्री लिएर स्वयंसेवक टोली रसुवातर्फ प्रस्थान गरेको छ।
टोलीलाई नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, मधेश प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठ तथा पार्टीका उपसचिव जवाहिर अन्सारीले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिनुपर्नेमा जोड दिइएको थियो।
राहत सामग्री संकलन तथा वितरणका लागि प्रस्थान गर्ने टोलीमा नेसनल भोलिन्टियर फोर्सका केन्द्रीय सदस्य मोहन लामिछाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य राम यादव, राष्ट्रिय युवा संघ बारा अध्यक्ष सद्दाम अन्सारी, उपाध्यक्ष समिता शर्मा, नेसनल भोलिन्टियर फोर्स बारा जिल्ला संयोजक हरिओम साह, राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश उपाध्यक्ष सुजित गिरी, नेसनल भोलिन्टियर फोर्स महागढीमाई संयोजक जयकिशुन यादव, राष्ट्रिय युवा संघ कलैया उपमहानगर कमिटी संयोजक जावेद अन्सारी, माया स्याङ्बो तथा जितेन्द्र साह रहेका छन्।
आयोजक संस्थाहरूले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाइएको बताएका छन्।