वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरगञ्ज महानगर कमिटीको छैटौँ पूर्ण बैठकले महानगर कमिटीका रिक्त पदहरूमा नयाँ नेतृत्व चयन गरेको छ।
बैठकबाट लियाकत अली अध्यक्ष, सञ्जीवबहादुर छतकुली उपाध्यक्ष तथा जलेन्धर प्रसाद कुर्मी सचिव पदमा चयन भएका छन्।
कार्यवाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्य, वीरगञ्ज महानगर इन्चार्ज तथा वीरगञ्जका प्रथम मेयर विजयकुमार सरावगी प्रमुख अतिथि तथा एमाले मधेश प्रदेश कमिटीका उपाध्यक्ष एवं प्रदेश इन्चार्ज बिचारी यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्वमा वीरगञ्ज महानगरभित्र पार्टी संगठनलाई थप सुदृढ, अनुशासित र क्रियाशील बनाइने विश्वास व्यक्त गरिएको छ।
बैठकले नवचयनित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठन विस्तार र पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ