वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज गेटवेको आयोजनामा वीरगञ्ज महानगरपालिका–१४ बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
आइतबार भदौ २१ गते बिहान आयोजित कार्यक्रममा विद्यालय परिसरमा अशोकसहित विभिन्न प्रजातिका करिब ५५ वटा बिरुवा रोपिएको थियो। तीमध्ये ४५ वटा अशोकका बिरुवा रहेको आयोजकले जनाएको छ।
कार्यक्रम लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष तथा समाजसेवी लायन्स प्रकाश कुमार उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा एरिया अध्यक्ष सुनिल गुप्तासहित क्लबका सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष वीरेन्द्र आर्य, वकिल रौनियार, फैयाज आलम, इन्जिनियर श्यामबाबु प्रसादलगायतको सहभागिता रहेको थियो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक साविर अहमद एराज, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कासिम अन्सारी, पूर्वअध्यक्ष अजमत आरा, समाजसेवी लतिफुर रहमान, रफिक अन्सारी, अनवर रिजवान, प्रभाकर जैसवाल, शिक्षक रोशन आरा, सलमा खातुन, अफसर आलम, नुरजाहा बेगमलगायत शिक्षक, कर्मचारी तथा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले “वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमले बालबालिका तथा विद्यार्थीमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले कार्यक्रममा सहभागी समाजसेवी, लायन्स परिवार, विद्यालय परिवार तथा सञ्चारकर्मीप्रति धन्यवादसमेत व्यक्त गरे।