पर्सा । सालीको मृत्यु प्रकरणसँग जोडिएको कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जालिम मियाँका दुई छोरालाई पुर्पक्षका लागि कारागारमा राख्न जिल्ला अदालत पर्साले आदेश दिएको छ।
शुक्रबार जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलास नम्बर ८ ले दुवै दाजुभाइलाई मुद्दाको अन्तिम फैसला नभएसम्म थुनामा राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो।
उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने अझै फरार रहेका छन्। फरार व्यक्तिहरूको खोजी तथा घटनासम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।
अदालतको आदेशसँगै जालिम मियाँका दुई छोरा पुर्पक्षका लागि कारागार चलान भएका छन् भने घटनामा आरोपित अन्य दुई जना अझै कानुनी दायराबाहिर रहेका छन्।