काठमाडौं । नेपाललले ओमानलाई १० रनले पराजित गरेको छ। घरेलु मैदानमा ओमानलाई पराति गरेसँगै नेपाल आइसीसी लिग २ को अन्तिम ६ भित्र रहन सफल भएको छ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा १७० रनमात्र बनाउन सक्यो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८७ रन बनाए। त्यस्तै हम्माद मिर्जाले ८७ रन, हसैनन साहले ४० रन र हसैन उवाबले १५ रन बनाए।
नेपालका लागि ललित राजबंशी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने नन्दन यादव र सन्दीप लामिछानेले १-१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा २८० रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अह्मदले १७ रन बनाए।