जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सेढवाको आयोजनामा आज आईतवार होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्व एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत उमेश प्रसाद साहको प्रमुख आतिथ्यतव तथा विशिष्ट अतिथि उपाध्यक्ष रेखा चौधरीको आथित्वमा कार्यक्रम सम्पन्न भएको हो ।होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले होली पर्वले आपसी सद्भाव, भाईचारा कायम गर्ने भएकोले विश्वास गरे । साथै होलीको समयमा चोरी चकारी तथा होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन र खानपानमा ध्यान दिन बताए प्रहरी प्रशासन सहित सबैलाई आग्रह गर्नुभयो ।


अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी कार्यपालिका सदस्य सरोज चौरसिया ऋषि कुमार हजरा रुनादेबि मुसहेरिन वार्ड न ५ का वार्ड अध्यक्ष दारा शिह राउत वार्ड सदस्य प्रमोद चौधरी वार्ड सदस्य नगेन्द्र पसवान शिक्षा साखा प्रमुख अजय दास थारु सरोज दास महिला सदस्य बुधिजिबी भिभिन स्कुलका प्र अ लगायत सम्पूर्ण साखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम सन्चालन जितेन्द्र मिश्रले गर्नु भाको थियो