

बैशाख ०१। बढ्दो गर्मीका कारण पर्साको ग्रामीण भेग सहित तराईको जनजिवन प्रभावित बन्दै गएको छ । बिगत एक हप्ता यता अतियाधिक घामका कारण सर्वसाधारणहरु कमै मात्रामा घरबाहिर निस्किरहेका छन् । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको उपस्थिती घट्दो छ । वृद्धवृद्धा, मजदुर तथा बालबालिकाहरु समेत बढ्दो गर्मीबाट प्रभावित बनेका छन् ।
गर्मी बढेसंगै वृद्धवृद्धा तथा बालबालिकाहरु विरामी हुने क्रम समेत बढेको छ । फोहर तथा दुषित पानी, बासी तथा सडेगलेका खाना, लामखुट्टेको टोकाई, गर्मीमा पसिना बढि निस्कदा हुने पानीको कमीका कारण अहिले विरामीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । माथिकै समस्याहरुका कारण, झाडापखाला, हैजा, टाउको दुख्ने, बान्ता हुने, छालाको एलर्जीलगायतका संक्रमण हुने चिकित्सक हरूले बताए । ‘गर्मीयाम बढ्दो छ, चिल्लो पिरो, तारेको तथा बासी सडेगलेका खाना नखानु उत्तम होला । प्रशस्त रुपमा सफा पानी पिउने, बढि गर्मी भए घरबाहिर ननिस्कने, बाध्यता नै भए छाता लिएर बाहिरजानुपर्छचिकित्सकहरूको सुझाव छ। गर्मीकै कारण अहिले बिरामीहरुको संख्यामा समेत वृद्धि भएको छ । ठोरी र जिराभवानीको ग्रामिण स्वास्थ्य चौकीहरूमा र निजी क्लिनिक सहित दर्जनौँ स्वास्थ्य संस्थामा गर्मीका कारण बिरामीहरुको चाप बढेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार झाडापखाला, एलर्जी, आखाँको समस्या, पेट दुख्ने, बान्ता हुने लगायतका बिरामीहरु आउने गरेका छन् ।निजी अस्पतालहरुमा समेत बिरामीको संख्या बढेको चिकित्सकहरु बताउँछन् । गर्मीबाट बच्न आफु चनाखो बन्नुपर्ने चिकित्सकहरुको सुझाव छ । अत्याधिक गर्मी बढेपछि स्थानीय तहका विभिन्न गापा र नगरपालिकाका बिधालय र पूर्वाधारका योजनाहरु समेत सुस्त गतिमा सञ्चालन भइरहेका छन् । गर्मीमा मजदुरले काम नगरेपछि बिहान बेलुकी मात्रै काम हुने गरेको प्राविधिकहरु बताउँछन् । ‘मजदुरहरु दिउँसोको चर्को घाममा काम गर्न खोज्दैनन् बिहान र बेलुकी मात्र काम चल्छ जिराभवानी गाउपालिकाका इन्जिनियर बन्टी चौरसियाले बताए गर्मी बढेसंगै पर्साको उतरी ग्रामीण भेगमा रहेका खोला पैनी तलाउ पोखरी कल धाराहरु समेत सुखन थालेको जिराभवानी गाउँपालिका वार्ड नम्बर १ का स्थानीय रामचन्द्र गुरोले बताए एस्तै घाम र गर्मी रहिरहनेहो भने चैते धान पनि सुकेर जाने गुरोले बताए ।