जिराभवानी । नेपाल सगै जोडिएको बिहारको भार्तिय बजारमा नेपाली जन्ता बट्टाको नाम ठगिदै आईरहेका छन पर्सा लगायत मधेशका जिल्लाहरुमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको असहज परिस्थितिको मौका छोपी सिमावर्ती बिहारको भारतीय बजारहरुमा नेपाली रुपैयाँसंग भारतीय रुपैयाँ साट्दा मनपरी बट्टा शुल्क लिई नेपालीहरु ठगिदै आईरहेका छन।


दैनिक उपभोग बस्तु तथा लत्ताकपडा किनमेल गर्न पर्सा लगाएत मधेस प्रदेशका ग्रामीण जन्ता सिमावर्ती भारतीय बिहारको बजारहरुमा निर्भर भैइ सरसामान खरिद गर्न पुगने गर्दछ्न सर्वसाधारण बाट मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिएको जिराभवानी गाउँपालिका वार्ड नम्बर पाँचका मुक्तिदासले बताए। केही दिन अगाडि घर खर्चको लागि खाद्यान्न सामग्री खरिद गर्न पर्साको नजिकको भारतीय बजार भङ्गहा बजारमा पटेर्वासुगौली गापा २ का स्थानीय राजेश मन्डल पुगेका थिए।भन्ने पसलेलाई भेट्दा १०० नेपालीको ६० रुपैयाँ मात्र भारु दिई आफू ठगिएको महसुस गरेका थिए। यो सँगै आजभोलि १ हजार नेपाली रुपैयाँको भारु ६०० / ६१०त कहिले ६१५भारु दिइने गरेको व्यपारीको भनाइ रहेका छन।भार्तिय सिमावर्ती मैनाटड , सिक्टा , इनार्वा भङ्गहा जमुनिया भिखनाठोरीका स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यपारीहरु सर्वसाधारण नेपालीहरुलाई ठगिदै आईरहेको छ।
यसैगरी लत्ताकपडा खाद्यान्नमा पनि दररेट सस्तो भएपनि समस्या पहिलाको नै देखिन्छ त्यसकारण जीवन एकदमै अस्तव्यस्त हुनुका साथै दैनिक जीवन उकास्न र दैनिकी काट्न धो धो रहेको स्थानियहरुले बताए ।एसै बिच पर्साको ग्रामीण नाका बाट हुन्डी कारोबारी फस्टाएको छ नेपाल सरकारले स्रोत न खोलाई कारोबार वा वासरपसार रुपैयाँलाई गैरकानुनी वा हुन्डीकारोबार मानिन्छ तेस्तै कारोबारी अहिले पर्साको ग्रामीण नाकामा फस्टाएको छ पर्साको बिरगंज रक्सौल नाकामा केही महिना अगाडि दैनिक जसो हुन्डीकारोबारी पक्राउ पर्दा सो नाका लाई अहिले हुन्डीकारोबारीहरुले पर्साको भीष्वा जानकिटोला दसाउता महादेवपट्टी र ठोरीको नाका बाट कारोबार भइरहेको एक ब्यापारी स्रोतले नाम न छापने सर्तमा बताए तर सम्बन्धित निकाय नेपाल प्रहरी र शस्त्र प्रहरी एनि हाउ मनि कमाउ धन्दामा लाग्दा अहिलेसम्म पर्साको ग्रामीण नाका बाट सिन्को भाचन पनि न सक्दा सम्बन्धि माथिलो निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।