पर्सा। पर्साको पटेर्वासुगौली गाउँपालिका अन्तरगत पर्ने पर्साराष्ट्रिय निकुञ्ज सामुदायिक र गादिमाई साझेदारी बनसँग सीमा जोडिएका भलुवाई खोलाको विभिन्न साहयक खोलाहरूबाट मनोमानी ढङ्गले गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गरेर क्षमताभन्दा बढी ट्याक्टरमा लोड गरी ओसारपसार हुँदा ग्रामीण सडकहरू खाल्डाखुल्डीमा परिणत भएको छ ।


भलुवाई खोलामा मापदण्ड बिपरित गिट्टी बालुवा दिन्हु उत्खनन हुँदासमेत स्थानीय निकाय समेत कानमा तेल र आखामा बटि बाधेर मौन बसेका छ्न । पर्साको पटेर्वासुगौलि गाउँपालीकामा पर्ने भलुवाई खोलामा आर्थिक बर्ष २०८०/२०८१को लागि लगभग १करोडको लागतमा श्री आर पिए कन्ट्रक्सनले ठेक्का साकार गरेको गाउँपालीका स्रोतले बताए । ठेकेदारले भलुवाई खोलाबाट जथाभावी मापदण्ड बिपरित गिट्टी, बालुवा, ढुङ्गा उठाउँदा खोला पोखरीजस्तो भएको छ ।बढी गहिराइमा ढुङ्गा, बालुवा, गिट्टी पुल गाउँबस्ती स्कुल मठमन्दिरको ३०० मिटर वरिपरि उत्खनन गर्ने प्रावधान नभए पनि ठेकेदारले गाउँबस्ती र बनजङ्गलको ख्याल नगरी उत्खनन गरिरहेको पाईएको छ ।ठेकेदारले खोलामा होर्डिङ्गबोर्ड लगाउनुपर्ने, पूर्जी काटने कर्मचारीलाई पोशाक, परिचयपत्र, ओभरलोड गर्ने, प्रतिघनफिट नापेर पूर्जी काट्नुपर्ने प्रवधावन भए पनि ठेकेदारले मनपरी कार्य गर्दै आएका छन् । टेलरमा जति लोड गरे पनि १ सय ३२ घनफिटको रु ६०० काटने गरेका छन् । कुनै टेलरमा १००, १२०, १३५, १४० सम्म अटने हुँदा ठेकेदारले बिना नाप अन्दाजी पुर्जी काटने गरेकोले ओभरलोडको कारण पर्साको ग्रामीण सडक खाल्डाखुल्डीमा परिणत भएको छ । यसबाट यातायातमा समस्या र दुर्घटनाका सम्भावना बढि रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
जिल्ला प्रसाशन साझेदारी बन समूह जिल्ला बन कार्यालय र जिल्ला समुन्वय समिति, पर्साले अनुगमन नगर्दा ठेकेदारले जथाभावी कार्य गर्दा प्रकृतिक सम्पदा खतरामा पर्ने सम्भावना रहेकोले यस विषयमा प्रहरी, प्रशासन, वन गादिमाई साझेदारी बन, जिल्ला प्रसासन जिल्ला समुनय समितिको ध्यानाकर्षण हुनुपर्ने स्थानीयवासीको माग रहेको छ