जिराभवानी l हुलाकी सडकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको पश्चिम चम्पारण घर भएका २० बर्षिय सचिन थारु रहेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका–४ हुलाकी सडकमा वीरगन्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू ३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक थारु गम्भिर घाइते भएका थिए ।घाइते थारुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानपनि गरिरहेको उनले बताए ।