जिराभवानी l ठोरी गापाका पुर्व अध्यक्ष पिएल श्रेष्ठको नेतृत्वमा ठोरी नाकामा रहेको छोटी भन्सार स्तरवृद्धि माग सहित प्रतिनिधि टोलिले माननीय अर्थ मन्त्री वर्षामान पुन लाई उहाँकै कार्यकक्षमा भेटेर माग पत्र बुझाएका छन् । बागमती प्रदेशलाई सहज हुने भारतसँग जोडिएका एकमात्र सीमा नाकाको रुपमा रहेको मधेस प्रदेशकै एक मात्र पर्यटकीय क्षेत्र ठोरी नाकामा छोटी भन्सार स्तरवृद्धीको लागि पुर्व मन्त्री माननीय जयपुरी घर्ती ज्युले पनि विशेष पहल गर्नुभएका हुन् ।
बीरगंज भन्सार कार्यालयको छोटी भन्सारको रुपमा विगतमा स्थापना भएता पनि सञ्चालनमा आउन नसकेकोले यस नाकालाई स्तर वृद्धि गरि सिघ्र सञ्चालनमा ल्याउन ठोरी गापाका पुर्व अध्यक्ष पिएल श्रेष्ठ सहितको प्रतिनिधि टोलिले मङ्गलबार माननीय अर्थ मन्त्री वर्षामान पुन समक्ष हस्ताक्षरित मागपत्र पेश गरेको नेकपा माओवादी केन्द्र ठोरीका सचीव बुद्ध ललुङ्बा ज्युले बताए ।
पर्सा जिल्लाको ग्रामीण भेगमा ठोरी नाकाको स्तर वृद्धि गर्न मन्त्री पुन सकारात्मक रहेको नेकपा माओवादी ठोरी कमिटी इन्चार्ज हरि सुनारले बताए । ठोरी गापा बाट डेलिगेसन (प्रतिनिधि मण्डल) आएका पिएल श्रेष्ठ( ठोरी गापा पुर्व अध्यक्ष), हरि सुनार (इन्चार्ज, नेकपा माओवादी केन्द्र ठोरी), बुद्ध स्याङ्बो लामा (सचीव, नेकपा माओवादी केन्द्र ठोरी), हस्त बहादुर पाख्रीन (पुर्व खानेपानी अध्यक्ष), नारायण श्रेष्ठ (पार्टी प्रतिनिधि), राज कुमार ढकाल (पार्टी प्रतिनिधि), रण बहादुर श्रेष्ठ पार्टी प्रतिनिधि), जीतु तामाङ (अध्यक्ष, नेताघे रहेका छन् ।