जीराभवनी । पर्सा जिल्ला बन डिभिजन कार्यालय अन्तरगत रहेको रास्टृय बनको कर्मचारीहरुकै मिलोमतोमा व्यापक मात्रामा फडानी भैरहेको तथ्य सार्वजनिक भएको छ ।
पर्साको जीराभवानी गाउँपालिका वडा नं. २ अन्तरगत रहेको बसन्तपुर सव डिभिजन वन कार्यालय र पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर २ रंगपुरमा रहेको ईलाका बन कार्यालय को मातहतमा रहेको रास्टृय बनमा व्यापक मात्रामा चोरी तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ ।
वन कार्यालयको कर्मचारी र तस्करहरुको मिलोमतोमा वनबाट व्यापक रुपमा काठ तस्करी हुने गरेको पाईएको छ । तस्करहरुले प्रति गोलिया दुई हजार देखि चार हजारसम्म वन कर्मचारीहरुलाई नजराना दिएर तस्करी गर्ने गरेको स्थानियले बताएका छन ।
त्यति मात्र नभई स्थानीय प्रहरी चौकीहरुलाई एक हजार देखि दुई हजारसम्म नजराना दिएर तस्करहरुले काठ तस्करी गर्ने गरेको नाम नबताउने सर्तमा एक तस्करले नै बताएका का छन । स्रोतका अनुसार बसन्तपुर सव डिभिजन वन कार्यालयका कर्मचारी र ईलाका बन कार्यालय रङ्पुर को कर्मचारी को मिलोमतोमा तस्करी हुनेगरेको बताएका छन ।
तस्करहरु संग मोटो रकम लियर तस्करी गराउने गरेको बताइएको छ । दिन्हु जसो बिहान बेलुका सो वन कार्यालय अन्तर्गतको वनबाट सालका काँचो रूख काटेर ल्याउने गरेको समाचार प्राप्त भएको छ ।
सो सेक्टर वनमा कार्यरत कर्मचारीकै मिलेमतोमा काठ चोरी(तस्करीको सेटिङ हुने र वेला(वेलामा काम देखाउन काठ बरामद गर्ने गरेको स्थानीयको भनाइ रहेको छ डिभिजन वन कार्यालय अन्तर्गतमा रहेको बसन्तपुर वन कार्यालयका क्षेत्रमा पर्ने अधिकांश इलाका बन कार्यालय का इन्चार्ज नबस्ने गरेकाले पनि वनमा हानि(नोक्सानी बढेको स्थानीयको भनाइ छ ।