जिराभवानी । पर्साको ठोरी सुन्दरबस्तीमा अमृतधारा मध्यवर्ती सामुदायिक होमस्टे भवनको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । बुधबार होमस्टे भवनको विधिवत रूपमा ठोरी गापाका पुर्व अध्यक्ष पिएल श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।
ठोरी-२ को वडा अध्यक्ष अमृत कृष्ण सापकोटाको विशिस्ट आतिथ्यमा संचालन भएको शिलान्यास कार्यक्रममा ठोरी-२ का जनप्रतिनिधिहरु, अमृतधारा मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष यादव राज कुवर लगायत स्थानियको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।प्रदेश सरकारको अनुदानमा ट्वाईलेट सहितको चार वटा भवन निर्माण हुने र तत्काल अतिथि सत्कारको लागि अमृतधारा मध्यवर्ती सामुदायिक होमस्टे तयार रहेको होमस्टेका अध्यक्ष यादव राज कुवरले बताउनुभयो । ठोरी गापाका पुर्व अध्यक्ष पिएल श्रेष्ठले आफ्नो पहलमा प्रदेश सरकारले गरेको यो सहयोग सुरुवात मात्र हो यस सुन्दरबस्तीलाई अझै सुन्दर बनाउन तथा नमूना गाउँ बनाउनका लागि सबै स्थानियहरु आफै लाग्नु पर्ने धारणा व्यक्त गरे ।
मधेस प्रदेश कै एक मात्र पर्यटकीय स्थल ठोरीलाई नमूना गाउँ निर्माणका लागि वडा कार्यालयले पनि यसलाई अभियानकै रुपमा लिने र संगसगै हातेमालो गरेर जाने ठोरी-२ का वडा अध्यक्ष अमृत कृष्ण सापकोटाले बताउनु भयो ।