पर्सा । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । पटेर्वा सुगौलीमा छापामारी गरी प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा, चरेश र गाँजाको धुलो बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पटेर्वा सुगौलीस्थित एक घरमा छापामारी गरि ४ सय ८९ किलो लागु औषध गाँजा, चरेश र गाँजाको धुलो बरामद गरेको हो ।बरामद गाँजासहित प्रहरीले एक जनालाई पक्राउ समेत गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । लागु औषध सहित पक्राउ परेका व्यक्तिसंग थप सोधपुछ चलिरहेकोले उनको विवरण गोप्य राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका लागु औषध गाँजा सहित आरोपितलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।