जिराभवानी भदौ २०/ पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर २, इच्छानगर देखि उत्तर तर्फको करिव एक किलोमीटर जङ्गल भित्र रहेकोे वनकाली देवि थान ओझेलमा परेको छ । ८/९ वर्ष अघि घाँस दाउरा गर्न जाने क्रममा पुरानो शैलीको ढुंगाको जाँतो फेला परेको र सोही दिन देखि बेलाबखतमा पुजा गर्ने गरेको स्थानीयहरु बताउँछन् ।


हिन्दू धर्ममा आस्था राख्ने वा मान्नेहरुका लागि विशेष महत्त्व हुने र उक्त वनकाली देवि थानको संरक्षण तथा प्रवर्द्धन गर्न माडी बाट आउनुभएकी एक माताले आफुलाई निर्देशन दिएको ठोरी-२, बाडागाउँ निवासी हेमन्ती तामाङले बताउनुभयो । उक्त जाँतो भेटिएको स्थानलाई वनकाली देवि थान भनी नामाकरण समेत माडी निवासी माताले नै गरेको गोलेको भनाइ रहेको छ ।
हेमन्ती अघि बताउनुहुन्छ- वनकाली देवि महाकालीको रुप भएकोले हामीले सच्चा मनले प्रार्थना गरे देविले पूरा गर्ने उनको विश्वास छ । वनकाली देवि थान सङ्गै जलेश्वर महादेव थान र नागको थान पनि रहेको बताए । सो स्थानमा पुग्ने जो कोहि आनन्दित, रोमान्चित तथा मन शान्त हुने र घर फर्कने हतार नहुने बताउनुभयो । सरोकार निकायलाई चासो दिन र आम नागरिकलाई समेत वनकाली देवि थानको संरक्षण तथा निर्माणको लागि अनुरोध गरेकी छिन् ।
ठोरी-२, बाडागाउँ निवासी हेमन्ती तामाङ ज्यु सङ्ग वनकाली देवि थानको दर्शन तथा अवलोकन गर्न जादा केही छुट्टै शान्तिको अनुभव भएको बताए यो सिमसार क्षेत्र पनि भएकोले पानीको कमि नहुने र निकट भविष्यमा यो क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सके थुप्रै सम्भावना हरु देखिन्छ । नागरिक स्तर बाटै वनकाली देवि थानको लागि सहयोग जुटाउन सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको स्थानीयले बताए ।