जिराभवानी । भनिन्छ बारह बर्षमा खोला पनि पुरानै धारमा फर्किन्छ तर तेस्तो दन्ते कथा मात्रै भो अवस्था बदिल्यो बेव्यवस्था फेरियो सरकार बदिलियो तर जन्ताको दुख दर्द गुनासो बद्लिएन पर्साको जिराभवानी गाउपालिका र पटेर्वा सुगौली जोड्ने भलुवाही, खोलामा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा सो क्षेत्रेका स्थानीय मर्कामा परेका छन्।
सडक डिभिजन कार्यालयले ९वर्षअघि ३ वर्ष अवधिमा पुल निर्माण गर्न ठेक्का लगाएको थियो तर सम्झौता भएको १२वर्ष बितिसक्दा पनि पुलको काम अधूरो छ। स्थानीय प्रेम चौधरीले सडक डिभिजन र जिम्मेवार सरोकारवालाको लापर्बाहीले समयमा पुल निर्माण हुन नसकेको बताए। उनले ठेकेदार कम्पनीलाई समयमा कार्य सम्पन्न गर्न सडक डिभिजन कार्यालयले दबाब दिन नसक्नु दुःखद भएको बताए। भलुवाही खोलाको वाइपी मोनाले जिम्मा लिएको थियो।
पुल निर्माण कार्य समयमा सम्पन्न नहुँदा सुक्खामा धूलो र बर्खामा हिलोको कारण सो क्षेत्रबाट आवतजावत गर्नेहरूले सास्ती भोग्नुपरेको मुक्ति चौधरीले बताए । उनले अधूरो अवस्थामा रहेको निर्माण कार्य सम्पन्न गर्न स्थानीय तहबाट सडक डिभिजन र ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने बताए।