मुम्बई । बलिउड अभिनेता सैफ अली खानले आफ्ना परिवारसहित प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । यी अभिनेता र प्रधानमन्त्री मोदीको भेटघाटको भिडियोलाई मोदीको युट्युव च्यालनबाट सार्वजनिक गरिएसँगै यो अहिले भाईरल भएको छ ।
अभिनेता सैफले प्रधानमन्त्री मोदीलाई सोधेको प्रश्न र प्रधानमन्त्री मोदीले दिएको जवाफ अहिले भाईरल भएको हो । सैफले देश चलाउन कती धेरै मेहनत गर्नु हुन्छ भनेर प्रश्न गरेका छन् । यस्तै उनले अर्को प्रश्नमा प्रधानमन्त्रीलाई कति समय आराम गर्नु हुन्छ भनेर पनि जिज्ञासा राखेका छन् ।
सैफको यो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री मोदीले आफु रातमा ३ घण्टा मात्र आराम गर्ने बताएका छन् । त्यसैले देश चलाउन निकै गाह्रो हुने गरेको जवाफ उनले दिएका छन् ।
चार दिन अघि भएको भेटमा अभिनेता सैफले परिवार र बुबाको ’boutमा पनि बताएका छन् । सो भेटमा प्रधानमन्त्रीले पनि सैफलाई उनका सन्तान जेह र तैमूरको ’boutमा सोधेका थिए । सो भेटमा प्रधानमन्त्री मोदीले आफ्नो हस्ताक्षरित नोट पनि दि ए । जसमा तैमूर र जेह लेखिएको थियो । करीना कपुरले विदेश जाने क्रममा प्रधानमन्त्री मोदीसँग एक पटक नोट मागेको स्मरण पनि गराएकी थिइन् ।
प्रधानमन्त्री मोदीले नीतु कपूर, रिद्धिमा कपूर, रणवीर कपूर, आलिया भट्ट, करीना कपूर र सैफ अली खानलाई भेटेका थिए । मोदीले शेयर गरेको भिडियो यो भेटमा केन्द्रित छ । भिडियोमा सैफ बाहेक अरुसँग त्यति धेरै कुरा भएको देखिँदैन । आफुहरुलाई भेटघाटको लागि बहुमूल्य समय दिएकोमा अभिनेता सैफले प्रधानमन्त्रीलाई धन्यबाद ज्ञापन गरेका छन् ।