मुम्बई । दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनका फ्यानहरूका लागि खुसीको खबर बाहिर आएको छ । अभिनेताको आगामी बहुप्रतिक्षित फिल्म ‘AA22xA6’को औपचारिक टाइटल र टिजर सार्वजनिक गरिनेछ ।
आगामी ८ अप्रिलमा पर्ने अल्लू अर्जुनको जन्मदिनलाई खास बनाउन निर्माण पक्षले ठुलो तयारी गरेको छ । विशेष कुरा त के छ भने, यो फिल्मको टाइटल र टिजर बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खानले सार्वजनिक गर्ने भएका छन्।
फिल्मका निर्देशक एटली हुन् । एटली यसअघि शाहरुख खानको ब्लकबस्टर फिल्म ‘जवान’ निर्देशन गरेका थिए । सोही सम्बन्धका कारण शाहरुख यो विशेष इभेन्टको हिस्सा बन्न लागेका हुन् ।
बलिउड मिडियाका अनुसार निर्माण पक्षले अल्लू अर्जुनको जन्मदिनमा फिल्मको नाम घोषणा गर्दै फ्यानहरूलाई विशेष उपहार दिनेछ । टाइटल र टिजर सार्वजनिक गर्नका लागि एउटा भव्य कार्यक्रमको आयोजना गरिनेछ। जस मार्फत दर्शकलाई फिल्मको कथा र यसको भव्यताको झलक दिनेछ।
फिल्ममा अभिनेत्री दीपिका पादुकोण, मृणाल ठाकुर, रश्मिका मन्दाना र जान्हवी कपुरको पनि अपभनय रहनेछ । निर्देशक एटलीले यस फिल्ममा एउटा भिन्न र रोचक कथा पस्कने तयारी गरेका छन्, जसमा भरपुर एक्सन र मनोरञ्जन समावेश हुनेछ ।