पर्सा , असार २७
युवाहरुद्वारा पर्सागढी नगरपालिकासंग सूचना मांग गर्न निवेदन दर्ता गराएका छन् ।नगरपालिकामा भ्रष्टाचार बढ्दै गएपछि भ्रष्टाचार विरुद्ध ४ बुंदे मांग राखी निवेदन दर्ता गराएका छन् ।पर्सागढी सचेत युवासंग आबद्ध नगरबासीहरुले आइतबार नगर कार्यपालिकाको कार्यालय हरपुरमा पुगी चार बुंदे सूचना माग गरेका छन् ।

नगरपालिकाका युवाहरुको नेतृत्वमा पुगेका नगर बासीहरुले सूचना दिन जाँदा नगरपालिकामा कोई पनि थिएन। नगरबासीहरु त्यही बसी सूचना मांगको निवेदन दर्ता गरी सूचना उपलब्ध गराउन नगरपालिकाका मेयर लोकनारायण यादवसँग फोनमा भनेका थिए ।सूचना मांगको निवेदन दिदाँ सुरुमा उनले लिनै मानेका थिएनन्।मेयर यादवले आज नगरपलिकामा कोई पनि हुनुहुन्न भोलि आउन भन्दा स्थानियले आक्रोसित भई आजै निवेदनमा तोक लगाउन भनेका थिए । पछि मेयर यादवको आदेशमा आइटी अफिसरले तोक लगाई निवेदन दर्ता गराएका थिए।चार वटा सूचना उपलब्ध ५ दिन भित्र गराउन नगरपालिकाबासीहरूले भनेका छन्। स्थानियबासीहरुले ‘‘विभिन्न किसिमको सूचना मांग गर्न हामी १० बजे नगरपलिकाकाे कार्यालय पुगेका थियौं ।

सो समय कार्यालय सहयोगी बाहेक कुनै कर्मचारी नै थिएन् । घण्टौसम्म कर्मचारी कुरेर कार्यालयमै बसी प्रतिक्षा गर्दा झण्डै २ ढिलो अर्थात १२ बजेतिर केही कर्मचारीहरु मात्रै आएका थिए । सधैं नगरपालिकामा १५ जना कर्मचारी बाहेक अन्य सम्पूर्ण कर्मचारी वीरगन्ज बसी काम गरेको र मात्र वैशाख देखि असार सम्मका लागि नगरपालिकामा आउने गरेको एक स्थानियले बताए।भोलि पनि नगरपालिकामा १० बजे पुगी ४ बुंदे सुचना सम्बन्धी अधिकृत र मेयर संग कुरा गर्ने यदि हामीहरूलाई सूचना नपाए नगरपालिकामा तालाबन्दी समेत गर्ने चेतावनी दिएका छन्।
