काठमाडौं । आजबाट पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा २ रुपैँया तथा डिजेल र मट्टितेलमा ४ रुपैँया मूल्य बढाएको छ ।
आजैबाट लागु हुने गरी हवाई इन्धनको मूल्य पनि बढेको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैँया र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १ सय ६७ रुपैँया कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा १ सय ६६ र अन्य क्षेत्रमा १ सय ६४ रुपैयाँ ५० पैसा पर्ने भएको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १ सय ६० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १ सय ५० रुपैँया र अन्यत्र १ सय ५७ रुपैँया ५० पैसा पर्ने भएको हो ।
