काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् ।
मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबैखाले प्रयासहरु भइरहेको बताएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
गत वर्षको असोज २९ गते हमासले आक्रमण गर्दा गाजा क्षेत्र नजिक किबुज अलुमिमको एक बंकरमा रहेका १६ नेपालीमध्ये १० जनाले ज्यान गुमाएका थिए । भने विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो ।