पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता को उद्घाटन भएको छ।
जगरनाथपुर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०८१ को उदघाटन प्रमुख अतिथि बिरगंज महनगरपालिका उपमेयर ईमतियाज अालम ले एक कार्यक्रमका बिच पानस मा बती बालेर उद्घाटन गरेका छन्।
खेलकुद प्रतियोगिता -२०८१ उद्घाटन गर्दै प्रमुख अतिथि अालम ले भने खेलकुद बाट अाफ्नो गाउँपालिका र देश को नाउँ देश बिदेश मा चिनाउने गर्छ। खेलकुद शरिर को लागि शारीरिक व्याम भएको ले खेलकुद स्वास्थ्य को लागि एक किसिमको औषधि नै हो बताए तथा उमेर अनुसारको प्रत्येक व्यक्तिलाइ खेलकुद आवश्यक हुन्छ किन भने खेलकुदले शरिर स्वस्थ्य रहनुको साथै जिवमा फुर्तिलो हुने बताए। बिधार्थी हरु लाई अा अाफ्नो क्षमता देखाएर जित हासिल गर्नु पर्यो ।हार् जित एउटा प्रकृया हो ।हारे का ले फेरी अर्को खेलमा जित हासिल गर्नु पर्यो हार मानेर दुख गर्नु पर्दैन।उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त यादव को अध्यक्ष्ातामा भएको थियो। बिशिस्ट अतिथि गा.पा उपाध्यक्ष बबिता सिंह , अतिथि प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव ,लेखापाल सन्देश कुशवाहा ,बिहारी महतो नुनिया,लक्ष्मी साह, नेपाली कुशवाहा,प्रभु महतो,शिक्षा शाखा प्रमुख असोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, साह, ईन्जिनियर सादाम हुसेन ,क्षेत्रीय सचीव बलिष्टर अहमद,पालिका सदस्य सम्पुर्ण बिधालयको प्र.अ, वडा सदस्यहरु, स्थानीयबासी बिधार्थी, लगायत को सहभागिता रहेको थियो। कार्यक्रम मा प्राबी ,निमाबी र माबी गरि१६ वटा बिधालय का बिधार्थी हरु ले अाफ्नो अाफ्नो बिधालय का बाईनर मा मार्चपास निकालेको थियो।कार्यक्रम मा छात्रा हरु ले नृत्य प्रस्तुत गरेका छन। रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मा हाई जम्प,लौग जम्प, दौड,लगायत खेल हुने भएको छ। यो खेलकुद प्रतियोगिता भोली सम्म चलने अायोजक ले जनाए का छन।