काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम सकिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिएको हो । पोस्टमार्टम सकिएसँगै शव आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ ।
उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।