पर्सा । मधेश प्रदेश सरकार का सुचना संचार तथा गृहमन्त्री राजकुमार लेखी ले शुक्रबार छिपहरमाई छिपहरमाई गाउँपालिका को सिमावर्ती नाका लगायत भिस्वा , बुडगाई नाका को प्रहरी चौकी हरु निरिक्षण गर्नुभएको छ।
गृहमन्त्री लेखी ले सिमावर्ती नाका को निरिक्षण गर्दै भिस्वा र बुढगाई प्रहरी चौकी को अनुगमन को क्रममा त्यहा का स्थिति बारे जानकारी लिनुभएको थियो। नेकपा एमाले पर्सा उपाध्यक्ष र छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को पहलमा गृहमन्त्री लेखी ले गाउँपालिका लाई एउटा बारुणयन्त्र दिने घोषणा गर्नु भएको थियो ।
साथै बुढगाई प्रहरी चौकी को भवन जिर्ण रहेको ले नयाँ प्रहरी चौकी निर्माण गर्ने जनाए का छन।साथै शान्ति सुरक्षा लाई मध्यनजर गरि प्रहरी चौकी लाई सवारी को लागि मोटरसाइकल को ब्यवस्थापन गर्ने गृहमन्त्री लेखी ले जानकारी दिनु भएको थियो।
अहिले गर्मीयाम को दिन मा अागलगी हुदा समस्या देखिएको ले यो गाउँपालिका मा बारुणयन्त्र को अवस्कता रहेको ले गाउँपालिका लाई एक महिना भित्र बारुणयन्त्र उपलब्ध गराउने गृहमन्त्री लेखी ले प्रतिबद्धता गर्नु भएको थियो।साथै प्रहरी चौकी हरु को अवस्था हेरी बुढगाई प्रहरी चौकी मा नयाँ भवन को निर्माण गरिने साथै प्रहरी चौकी मा स्वारी सुबिधा एक महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको थियो।
सिमावर्ती नाका निरिक्षण प्रहरी चौकी अनुगमन को क्रममा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ,वडाअध्यक्ष मौजिलाला साह ,पुर्ववडाअध्यक्ष राजबली यादव, युवा संघ पर्सा का अध्यक्ष सुबास साह ,रामएकबाल पटेल,शिक्षक मनोज पटेल, नेकपा एमालेका प्रदेश कमिट, जिल्ला कमिटि का प्रतिनिधि , प्रहरी प्रशासन लगायत स्थानीय बासिदा को सहभागिता रहेको थियो।