जिराभवानी । सखुवाप्रसौनी गाउँपालिकाको सभाहलमा “सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सरोकारवालाहरूसँग १ दिने अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष श्री यसवन्त यादव रहनु भएको थियो। उहाँले मन्तव्य दिंदै वैदेशिक रोजगारीका क्रममा हुने ठगी र जोखिम न्युनिकरणका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनु भयो। उहाँले जानकारीमूलक र सचेतनामूलक कार्यक्रममार्फत युवा वर्गलाई सुरक्षित प्रवासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री रामबाबु कुशवाहा,सम्पुर्ण वडा १ देखि ६ सम्मका वडा अध्यक्ष ,स्वस्थ्य शाखा प्रमुख राजेश रौनियार,प्रशासन शाखा प्रमुख अरबिन्द ठाकुर,लेखा शाखा प्रमुख सुमन साह, समाजिक विकास शाखा प्रमुख श्री विनोद यादव लगायत अन्य स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य प्रवासमा जानुअघि युवाहरूलाई आवश्यक कानुनी, सामाजिक, र व्यवहारिक जानकारी उपलब्ध गराउने, सही सूचना लिने, प्रक्रिया पुरा गरेर मात्रै विदेश जान प्रेरित गर्नु तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्नु रहेको थियो।
उक्त अन्तरक्रिया कार्यक्रमले वैदेशिक रोजगारीमा जाने इच्छुक नागरिकहरूलाई सुरक्षित र जिम्मेवार आप्रवासन प्रक्रियाबारे जानकारी पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएका छन्।
कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र सखुवाप्रसौनी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।