बीरगंज। नेपाल बिधुत प्रधिकरण रंगेली बितरण शाखकाे चरम लापरबाही देखिएकाे रंगेली नगरपालिका ७ स्तिथ खानेपानी जाने बाटाेमा पर्ने ११ हजार भाेल्ट रहेकाे ट्रान्सर्फमरमा बिगत दुई महिना देखि विभिन्न प्रजातिका लहराहरुले ट्रान्सर्फमर नै घेरिने गरि छाेपि सक्दा समेत बिधुत प्राधिकरण रंगेली मुख दर्शक बनिरहेको छ। ट्रान्सर्फमरमा चारैतिरबाट हरियो लहराले घेरिएको अवस्थामा रहदा जुनसुकै बेलामा पनि ठुलाे दुर्घटना नहाेला भन्न सकिदैन । त्यति मात्रै नभएर प्राधिकरणले गाउँ घरमा समेत तारमा रुख हरु ले तार टच हुदा समेत बेवास्ता गरेको स्थानीय राजेश आचार्यले बताए । प्राधिकरण काे लापरबाहीले गाउँ घरमा केटाकेटी देखि बृद्ध हरु समेत बारीमा कामगर्ने बेलामा समेत खाेजिम तथा दुर्घटना समेत हुने सम्भावना उत्तिकै रहेको आचार्यले बताए । विभिन्न समयमा प्राधिकरणले सुचान प्रकाशित गरेर बुस्टिङ गर्दे आईरहेता पनि त्याे भने गाउँ घरमा रुखकाे हाँगा हरु नकाटिदिदा समस्या परेको र कुनै पनि समयमा करेन्ट लागेर मानिसको अकालमै ज्यान समेत देखिन्छ । अकालमै ज्यान जाेगाउनका लागि समयमै प्राधिकरणले ध्यान दिन जरुरी देखिन्छ ।