काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा अभूतपूर्व जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस देशभर ८२ स्थानमा दोस्रो भएको छ ।
निर्वाचन आयोगले मतगणनापछि सार्वजनिक गरेको पहिलो हुने निर्वाचित हुने निर्वाचन (प्रत्यक्ष) तर्फको नतिजामा कांग्रेस देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८२ स्थानमा उपविजेता बनेको हो ।
आयोगका अनुसार नेकपा एमाले ४१ र नेपाली कम्युनिस्ट पार्टी १८ निर्वाचन क्षेत्रमा दोस्रो भएका छन् । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल समान ६–६ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएका छन् ।
२१ फागुनको निर्वाचनभन्दा चार महिना अघिमात्रै स्थापना भएर प्रत्यक्षतर्फ तीन सिट जितेको नयाँ दल श्रम संस्कृति पार्टी पुराना दलहरूलाई पछि पार्दै चार क्षेत्रमा उपविजेता बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टी एक–एक क्षेत्रमा दोस्रो भएका छन् ।
यस्तै कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार उपविजेता बन्दा धनुषा–१ को नतिजा अनिर्णित छ ।
कांग्रेस कहाँ–कहाँ दोस्रो भयो ?
कोशी प्रदेशमा पर्ने १४ जिल्लाअन्तर्गतका २८ निर्वाचन क्षेत्रमध्ये चार सिटमा जित निकालेको कांग्रेस १२ स्थानमा दोस्रो भएको छ । यस्तै मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये एक स्थानमा जितेको कांग्रेसले १३ सिटमा उपविजेतामै चित्त बुझाउनु परेको छ ।
आयोगको तथ्यांकले कांग्रेसलाई गण्डकी प्रदेशका १२ निर्वाचन क्षेत्रमा र बागमती प्रदेशका २० निर्वाचन क्षेत्रमा दोस्रो देखाएको छ । त्यसैगरी लुम्बिनीका १२, कर्णालीका तीन र सुदूरपश्चिमका १० निर्वाचन क्षेत्रमा कांग्रेस उपविजेता भएको छ ।
यी हुन् कांग्रेस उपविजेता बनेका क्षेत्रहरू–
| प्रदेश |
कांग्रेस दोस्रो भएका क्षेत्रहरू |
| कोशी प्रदेश |
ताप्लेजुङ–१, इलाम–२, झापा–१, धनकुटा, मोरङ–३, मोरङ–४, मोरङ–५, मोरङ–६, सुनसरी–२, सुनसरी–३, सुनसरी–४, ओखलढुंगा ।
|
| मधेश प्रदेश |
सप्तरी–४, सिराहा–१, धनुषा–२, धनुषा–३, धनुषा–४, सर्लाही–१, सर्लाही–४, रौतहट–४, बारा–१, बारा–३, पर्सा–२, पर्सा–३, पर्सा–४ ।
|
| बागमती प्रदेश |
धादिङ–२, नुवाकोट–१, नुवाकोट–२, काठमाडौं–१, काठमाडौं–२, काठमाडौं–४, काठमाडौं–५, काठमाडौं–६, काठमाडौं–७, काठमाडौं–९, काठमाडौं–१०, ललितपुर–१, ललितपुर–२, ललितपुर–३ काभ्रे–१, काभ्रे–२, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१, चितवन–२ ।
|
| गण्डकी प्रदेश |
गोरखा–१, गोरखा–२, कास्की–१, कास्की–३, तनहुँ–१, तनहुँ–२, स्याङ्जा–१, स्याङ्जा–२, नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१, बाग्लुङ–१, बाग्लुङ–२, पर्वत । |
| लुम्बिनी प्रदेश |
पाल्पा–२, रुपन्देही–१, रुपन्देही–३, कपिलबस्तु–२, रोल्पा, प्यूठान, दाङ–१, दाङ–३, बाँके–१, बर्दिया–२, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ । |
| कर्णाली प्रदेश |
दैलेख–२, सुर्खेत–२, रुकुम पश्चिम । |
| सुदूरपश्चिम प्रदेश |
अछाम–२, बझाङ, कैलाली–१, कैलाली–४, कैलाली–५, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर–२, कञ्चनपुर–३ । |
एमाले ४१ निर्वाचन क्षेत्रमा दोस्रो
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नौ सिट सुरक्षित गरेको एमाले देशभरका ४१ निर्वाचन क्षेत्रमा उपविजेता भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेका उम्मेदवारहरू कोशी प्रदेशका नौ र मधेश प्रदेशका चार स्थानमा दोस्रो भएका छन् ।
यस्तै बागमती प्रदेशका पाँच निर्वाचन क्षेत्रमा दोस्रो भएका एमालेका उम्मेदवारहरूले गण्डकीका पनि पाँच निर्वाचन क्षेत्रमा दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ ।
एमाले लुम्बिनी प्रदेशका ११, कर्णाली प्रदेशका पाँच र सुदूरपश्चिम प्रदेशका दुई निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा आएको छ ।
यी हुन् एमाले दोस्रो भएका क्षेत्रहरू–
| प्रदेश |
एमाले दोस्रो भएका क्षेत्रहरू |
| कोशी प्रदेश |
झापा–२, झापा–४, झापा–५, तेह्रथुम, भोजपुर, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–२ । |
| मधेश प्रदेश |
सप्तरी–३, रौतहट १, बारा ४, पर्सा १ । |
| बागमती प्रदेश |
भक्तपुर–२, मकवानपुर–२, दोलखा, रामेछाप, सिन्धुली–१ ।
|
| गण्डकी प्रदेश |
लमजुङ, कास्की–२, नवलपरासी (बर्दघाट सुस्तापूर्व)–२, मुस्ताङ, म्याग्दी |
| लुम्बिनी प्रदेश |
गुल्मी–१, गुल्मी–२, पाल्पा–१, अर्घाखाँची, रुपन्देही–२, रुपन्देही–४, रुपन्देही–५, रुकुम पूर्व, दाङ–२, बाँके–३, बर्दिया–१ । |
| कर्णाली प्रदेश |
डोल्पा, मुगु, कालिकोट, दैलेख–१, सुर्खेत–१ । |
| सुदूरपश्चिम प्रदेश |
बाजुरा, डोटी । |
नेपाली कम्युनिस्ट पार्टी १८ निर्वाचन क्षेत्रमा दोस्रो
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ७ सिट जितेर चौथो ठूलो दल बनेको नेपाली कम्युनिस्ट पार्टी देशका विभिन्न १८ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएको छ ।
निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये एकमात्र क्षेत्र भएको हिमाली जिल्ला सोलुखुम्बुमा दोस्रो भएको छ । मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ५ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ ।
बागमती प्रदेशका पाँच निर्वाचन क्षेत्रमा दोस्रो भएको नेकपा गण्डकी प्रदेशअन्तर्गत पर्ने मनाङ जिल्लामा मात्रै उपविजेता भएको छ । नेकपाका उम्मेदवारहरू कर्णालीका तीन र सुदूरपश्चिमका तीन क्षेत्रमा दोस्रो स्थानमा देखिएका छन् ।
यी हुन् नेपाली कम्युनिस्ट पार्टी दोस्रो भएका क्षेत्रहरु–
| प्रदेश |
नेकपा दोस्रो भएका क्षेत्रहरू |
| कोशी प्रदेश |
सोलुखुम्बु |
| मधेश प्रदेश |
सप्तरी–४, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३, रौतहट–२ |
| बागमती प्रदेश |
सिन्धुली–२, धादिङ–१, काठमाडौं–८, सिन्धुपाल्चोक–१, चितवन–३ |
| गण्डकी प्रदेश |
मनाङ |
| लुम्बिनी प्रदेश |
|
| कर्णाली प्रदेश |
जुम्ला, हुम्ला, जाजरकोट, |
| सुदूरपश्चिम प्रदेश |
अछाम–१, कैलाली–३, कञ्चनपुर–१, |
रास्वपा ६ स्थानमा र श्रम संस्कृति ४ स्थानमा दोस्रो
प्रतिनिधिसभामा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभा, सुनसरी–१, रसुवा, कपिलवस्तु–३, बाँके–२ र सल्यान–१ मा दोस्रो स्थानमा आएको छ ।
यसपालि तराई–मधेश केन्द्रित दलहरू प्रत्यक्षतर्फ जित निकाल्न असफल देखिएका छन् । विशेष गरी मधेशका मुद्दाहरू उठाउँदै आएका ती दलका प्रतिनिधिहरू यसपल्ट संसदमा देखिने छैनन् ।
जसमध्ये एक हो– जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेशका ३२ मध्ये ६ निर्वाचन क्षेत्रमा दोस्रो भएको छ । जसपा नेपाल सप्तरी–२, सप्तरी–३, महोत्तरी–२, महोत्तरी–४, रौतहट–३ र बारा–२ मा दोस्रो भएको हो ।
यसैगरी प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टी इलाम–१ र उदयपुर–१, मोरङ–१ र उदयपुर गरी चार स्थानमा दोस्रो भएको छ ।
सप्तरी–१ मा स्वाभिमान पार्टी र महोत्तरी–३ मा नेपाल संघीय समाजवादी पार्टी दोस्रो भएका छन् । कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मा दोस्रो स्थानमा आएका छन् ।