चितवन । बजारमा बिक्रीका लागि तयार भएका केरा हावाहुरीले ढलाएपछि जिल्लाका केरा उत्पादक कृषक मारमा परेका छन्। आइतबार र सोमबार आएको हावाहुरीले केरा खेतीमा ठूलो क्षति पुर्याएको हो।
अबको डेढ महिनामा बिक्री गरिसक्ने केरा बारीमै ढलेपछि किसानका सपना पनि सँगै ढले। क्षति पुगेको केराखेतीको विवरण संकलन थालिएको छ। मुख्य गरेर पूर्वी चितवनका कालिका, रत्ननगर र खैरहनी क्षेत्रमा लगाइएको केराखतीमा क्षति पुगेको छ। माल्भोग र चिनिचम्पा खेरामा बढी क्षति पुगेको छ। अग्ला बोट भएका कारण क्षति पुगेको बताइएको छ।
नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले हावाहुरीका कारण केरामा ठूलो क्षति पुगेका कारण किसान मारमा परेको बताए। लागतको ५० प्रतिशत नपाउने र बिमा ढिलो हुने कारण किसानले बिमा नगर्दा लागत पनि नउठ्ने पन्तले बताए। ‘वर्षभरि दुःख गरेर बिक्री गर्न तयार भएका केरा ढलेपछि किसान मारमा छन्,’ पन्तले भने,‘बिमाप्रतिको आकर्षण कम भएका कारण पनि क्षतिको विवरण ठूलो आउने अनुमान छ।’ क्षतिको विवरणको संकलन थालिएको छ।
समयमा बिमा र भुक्तानी नहुँदा किसानलाई समस्या छ। बिमा गरेको ९ महिना कटेको भए किसानले क्षतिपूर्ति पाउथे। अहिले अधिकांश किसानको केराखेतीको बिमा गरेको ६ महिना मात्र पुगेको छ। केराको भन्दा बढी बिमा गरिएको बिमाको रकम नपाउने समस्याले उनीहरू निराश भएका छन्। बिमा गरिए पनि ढलेका केराको क्षतिपूर्तिमा समस्या छ। क्षतिपूर्ति नपाउने समस्याले किसान चिन्तित छन्। चाहेको समयमा बिमा नहुँदा मारमा परेका छन्। बिमा कम्पनीले ढिलाइ गरेका कारण क्षतिपूर्तिमा समस्या छ। किसानले चाहेको समयमा बिमा गर्न पाउँदैनन्। चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले बिमाका कारण किसान झनै मारमा परेको बताए।
‘डेढ महिनामा बजारमा बिक्री गरेर सकिने केरा बारीमै ढलेपछि किसानको सपना पनि ढलेको छ,’ महतोले भने, ‘कम्पनीका कारण बिमाअनुसारको क्षतिपूर्ति नपाउने मुख्य समस्या हो,’ डेढ महिनामा बजारमा बिक्री गरेर सकिने केरा बारीमै ढलेपछि किसानका सपना पनि ढलेका छन्,’ किसानले प्रतिबोटको २ सय ७५ रुपैयाँ पाउनुपर्छ। तर, कम्पनीले नै समयमा बिमा नगरेकाले समयावधि लागेका कारण क्षतिपूर्तिमा समस्या देखिएको हो। असारमा हुनुपर्ने बिमा असोजमा गर्छन्। यसले गर्दा किसानले ५० प्रतिशतभन्दा बढी पाउँदैनन्। बिमा गरेको पहिलो महिना ५० प्रतिशत, ५ महिनामा ६० प्रतिशत पाउँछन्। ८ महिना कटेपछि ९० प्रतिशत पाउँछन्।
‘साउनमा बिमा गरिदिएको भए किसानलाई कम मार पथ्र्यो। अहिले बिमा त छ तर त्यसअनुसारको पैसा पर्याप्त छैन,’ चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदीले भने, ‘फलेका केरा ढलेपछि किसान रुनु न हाँस्नु अवस्थामा पुगेका छन्।’ चितवनमा २८ सय बिघामा केराखेती छ। समयमा भुक्तानी नहुने कारणले धेरै किसानले बिमा गर्दैनन्।
